उत्पत्ति

राष्ट्रिय अनुवाद मिशन (एन.टी.एम) को मूल धारणा सम्माननीय प्रधान मन्त्री डा. मनमोहन सिंहले प्रस्तुत गरेका हुन्। उनले राष्ट्रिय ज्ञान आयोग (एन.के.सि) को पहिलो सभामा ज्ञानका महत्त्वपूर्ण क्षेत्रहरुमा पुग्नका निम्ति अनि निरन्तर रुपमा ज्ञानार्जन गर्न तथा शैक्षनिक क्षेत्रमा मानिसहरुलाई सहभागी गराउनका निम्ति अनुदित सामग्रीहरूको अति आवश्यक हुन्छ भनी भनेका थिए। यसरी श्री साम पित्रोदाको अध्यक्षतामा आयोगले विभिन्न सुझावहरुलाई संकलित गरेर भारतमा शैक्षणिक अनुवादलाई प्रोत्साहित अनि उन्नत बनाउनका लागि यथाशीघ्र एउटा संस्था अथवा मिशनको स्थापनाको आवश्यकता रहेको महसूस गरे।

भारतमा अनुवादको परम्पर रहेको करा सत्य हो। यद्यपि यस महत्त्वपूर्ण क्षेत्रमा सृजनात्मक सार्वजनिक सहभागिताको आवश्यकता मुख्य रूपले देशको अनुवादको गतिविधि माथि व्याप्त अस्मिता, विषय र भाषाको गुणवत्ता, वितरण र पहुँचको कारणले उत्पन्न भएको हो। अनुवादको गतिविधिद्वारा परोक्ष वा अपरोक्ष रूपले रोजगारको अवसरहरु उपलब्ध हुन्छ। फलस्वरूप शिक्षित बेरोजगारहरूलाई आफ्नो उपयोगी काम गर्नका साथै यसको माध्ययमद्वारा मानिसहरुको सेवा गर्ने अवसर पनि प्राप्त गर्दछ। NTM origin

अनुवाद तथा मानव संसाधनको विकासको माध्ययमद्वारा एउटा जागरूक बौद्धिक समाजको रचनाको निम्ति ‘राष्ट्रिय ज्ञान आयोग’ (एन.के.मि.) लाई डा. जयंती घोषको अधिनस्थ एउटा कार्यदल गठन गर्न प्रेरित गरियो। जसद्वारा अनुवादको गतिविधि प्रकाशन तथा प्रसारणमा संलग्न विभिन्न निकायका मानिसहरुलाई एकै साथ समावेश गर्न सकियोस्। कार्यकारी समूहमा सम्बन्धित सरकारी एवं अर्द्धसरकारी संस्थाहरुमा प्रतिनिधिहरु, शिक्षक, भाषावैज्ञानिक, अनुवादक, शिक्षाविद, प्रकाशक अनि भारतमा अनुवादको गतिविधिहरुसँग जोडिएका मानिसहरु पनि सम्मिलित छन्। फरवरी 2006 मा दिल्लीमा आयोजित यस समूहको बैठकमा केन्द्रिय भारतीय भाषा संस्थानका तत्कालिन निर्देशक उदय नारायण सिंहले यस परियोजनको मुख्य मसौदाको रूपरेखा प्रस्तुत गरे।