पुस्तकसूचीका तथ्यांकाधार/डाटाबेस

जनादेश
भारतका सबै अनुवाद सम्बन्धी सबै गतिवीधिका निम्ति एउटा परिमार्जन केन्द्रको स्थपना।
डाटा/तथ्याङ्क प्राप्ती अनि तथ्याङ्क परिकल्पना योगदानको निम्ति भाषा संसोधन केन्द्रका प्रो. जी एन देव, बरोदरालाई विषेश धन्यवाद।

पुस्तक सूची किन?
पुस्तक सूची एक विधिवत् अध्ययन अनि विनरण हो। यो शीर्षकहरूका एउटा सूची हो जसले सामान्य कारक प्रदान गर्छ, जो एउटा विषय, एउटा भाषा वा समयावधि वा सोही जस्तै हुन् सक्छ। यो सूची स्वरूपमा व्यापक वा वरणीय हुन सक्छ।

यस ग्रन्थसूचीको निर्माणको उद्देश्य कुनै विषयसँग सम्बन्धित सामग्रीहरुको सूचनालाई एकत्रित गर्नु हो जसअनुसार कुनै पनि सूचना आवश्यकतानुसार सजिलैसँग प्राप्त गर्नु सकोस। यस सूचनाहरुको सम्बन्ध कुनै पुस्तक वा यस कार्यसँग सम्बन्धित गतिविधिहरुसित छ। यसैले एक प्रकारले ग्रन्थसूची यस्तो साधन हो जसले हामीलाई इतिहासको बारेमा बताउँछ।

अनुवाद ग्रन्थसूचीको विकासको सम्बन्धमा अझ धेरै जानकारी प्राप्त गर्नुको निम्ति यहाँ क्लिक गर्नुहोस।
  स्रोतहरू:
  » अनुकृति (सीआईएलएल- साहित्य अकादमी अनि एनबीटी)
  » भाषा संसोधन केन्द्र, बरोदा
  » ब्रिटिस लाइबेरी ओरियेन्टल एन्ड इन्डियन अफिस कलेक्सन्स्
  » विभिन्न प्रकाशकहरूका सूचीपत्र
  » केन्द्रिय सन्दर्भ पुस्ताकालय, कोलकता
  » भारत साहित्यको राष्ट्रिय सूचीपत्र (एनबीआईएल)
  » दक्षिण एशियाई एकता सूचीपत्र, (सिकागो विश्वविद्यालय पुस्ताकालयको दक्षिण एसिया विभाग)
  » यूनेस्को /UNESCOF
  » इलिनोइस् विश्वविद्यालय, अर्बाना-केम्पेङगसंग मिलेर वर्तमान समयमा एनटीएमले धेरै भन्दा धेरै स्रोतहरूबाट सूचनाहरू एकत्रित गरेर तिनीहरूलाई चाँडै डेटाबेसमा (तथ्यांकाधारमा) अंकिकृत(डिजीटाइज) गर्नेछ।

बिब्लियोग्राफीको शैलीहरू

ग्रन्थसूचीको शैलीको सम्बन्धमा भन्नुपर्दा विविध प्रकारको स्रोतमा विभिन्न प्रकारको ग्रन्थसूचीको प्रारुप पाइन्छ।

यो प्रारुप अनुसार मुख्य रुपमा दुइ प्रकारको दिशा निर्देश गरिएको छ। जसमा एमएलए (मोर्डन लैंग्वैज एसोसिएसन) आधुनिक भाषा संघ अनि एपीए (अमेरिकन साइकोलोजिक एसोसिएसन) अमेरिकी मनोवैज्ञानिक संघ हुन्। एमएलए शैलीको व्यापक प्रयोग विभिन्न विषयको शोध स्रोतहरुमा वा विभिन्न विषयका ग्रन्थसूचीहरुको निर्माण गर्नुको निम्ति हुन्छ। राष्ट्रिय अनुवाद मिसन पनि यमै प्रारुपनुसार कार्य गर्दछ जसमा एक विशेष प्रकारको संख्यात्मक पहिचान प्रणालीको प्रयोग गर्दछ।

एनटीएमद्वारा विकसित ग्रन्थसूचीको अपूर्व विशेषताहरु:

एनटीएमद्वारा विकसित यो ग्रन्थसूची साहित्यिक अनि असाहित्यिक दुवै विद्यासँग सम्बन्धित अनुदित विषयमा केन्द्रित भएर बनाइएको छ। यसको अतिरिक्त यसले सबै भारतीय भाषाहरुमा प्रकाशित अनुदित विषयहरुको खोजी गर्छ चाहे त्यो भारतको अष्टम अनुसूचीमा मान्यता प्राप्त भाषा होस वा नहोस त्यसको कुनै वास्ता गर्दैन।

भारतीय भाषा लगायत अन्य भाषाहरुमा भएको अनुदित विषयको सूचनालाई समाविष्ट गर्नु पनि यस कार्यक्रमको एक प्रक्रिया अन्तर्गत पर्दछ।

यो ग्रन्थसूचीको माध्यमद्वारा एनटीएमले विशिष्ट पहिचान संख्याको प्रस्ताव राखेको छ। जुन पुस्तकको अनुवाद भारतीय भाषाहरुमा भएका हुन् ती अनुदित पुस्तकहरुमा एक विशिष्ट पहिचान संख्याको प्रयोग गरिन्छ। जसलाई हामी भारतीय मानक अनुवाद संख्या (आइएसटीएन) भनेर चिन्दछौ। यस संख्याको निर्माणको कारण मूलरुपमा विभिन्न भारतीय भाषाहरुमा प्रकाशित अनुदित विषयहरुको जानकारी प्राप्त गर्नु रहनेछ। यस कार्यले निश्चय नै शोधार्थी/विद्यार्थी अनि अध्येताहरुलाई कुनै पनि भाषाको सन्दर्भित विषयमा प्रकाशित पुस्तकहरुको संख्या अनि त्यसको प्रकाशन वर्ष आदि सबैको जानकारी दिन मदत गर्दछ।

एनटीएमले धरै भन्दा धेरै सूचना सरलतासित उपलब्ध गराउनु यो डेटावेसलाई वेभ आधारित राख्ने निश्चय गरेको छ। यसले नयाँ नयाँ सूचना सँगसँगै डेटावेसको सुधारमा पनि नयाँ अवसर प्रदान गर्छ।

यदि तपाईसँग अनुवाद सम्बन्धी कुनै सूचना छ जो डेटावेसमा उपलब्ध छैन भने त्यसको जानकारी एनटीएमको डेटावेसमा सहयोग गर्न सक्नुहुनेछ। तपाईँले आफ्नो युजर एकाउण्टको निर्माण गरेर त्यसमा आफुलाई अनुवाद माथि ज्ञात भएको जानकारीहरु उपलब्ध गराउन सक्नुहुनेछ। जसलाई एनटीएमले आफ्नो डेटावेसमा समाविशष्ट गर्नसक्छ। यदि तपाईँ प्रकाशक हुनुहुन्छ भने यो सुविधा तपाईँलाई उपलब्ध हुनेछ जसअन्तर्गत तपाईँले युजर इनपुटको प्रयोग गरेर अनुवाद सम्बन्धी आफ्नो नविनतम जानकारी डेटावेसमा सोझै हाल्न सक्नुहुनेछ। यो जानकारीलाई तपाईँले ntmciil@gmail.com मा पनि पठाउन सक्नुहुनेछ जसलाई एनटीएमले आफ्नो डेटावेसमा समाविश्ष्ट गर्नसक्छ।

.

सूचीपत्र खोज

भारतीय भाषाहरूमा अनुवाद गरिएका कुनै पनि जानकारी यहाँ खोज गर्नुहोस।