कार्यकारी समितिमा को सम्मिलित छ?

केन्द्रिय भारतीय भाषा संस्थान (सी.आइ.आइ.एल)

हालमा केन्द्रिय भारतीय भाषा संस्थान (सि.आइ.आइ.एल.) एन.टी.एम. को केन्द्रिय एजेन्सी अनि मुख्य सुविधादाता हो (यस मिशनको संचालन सि.आइ.आइ.एल मैसूरबाट हुन्छ। सि.आइ.आइ.एल को निर्देशक मिशनको मुख् निम्ति मुख्य अधिकारी हो। भविष्यमा विशेष प्राधिकारीको आवश्यक अनुमोदन पायो भने एन.टी.एम एक दिन स्वतन्त्र स्वयत्त निकाय बन्न सकछ भत्ते कुरा विस्वस्त गर्न सकिन्छ। एन.टी.एम. ले राष्ट्रिय संस्थानहरु जस्तै साहित्य अकादमी, नेशनल बुक ट्रस्ट, एन.बि.टि. वैज्ञानिक अनि प्राविधिक शब्दावलीहरु (सि.एस.टि.टि.) सि-ड्याक आदिसँग समन्वय राखेर काम गर्छ।

परियोजना सल्लाहकार समिति (प्याक) एन.टि.एम. को महत्त्वपूर्ण निर्णयहरु लिने समिति हो। यस समितिमा शैक्षिक विशेषज्ञ अनि शिक्षण अभ्यासित अनुवादक, लेखक, साहित्यिक, साहित्यि अकादमीका अध्यक्ष, विश्वविद्यालयका उप-कुलपति, पुस्तक विक्रेता अनि प्रकाशन संस्थाका सदस्य, भारत सरकारको सूचना एवं प्रौद्योगिकी विभागका प्रतिनिधि र प्रतिष्ठित संस्थाहरु जस्तै आ.आइ.टि. का प्रोफेसरहरु आदि गरी जम्म 25 सदस्यहरुलाई सम्मिलित गरिन्छ।’

प्याकको अतिरिक्त एन.टी.एम. को अन्य चारवटा उप-समितिहरु पनि छन्, जसले मिशनलाई मार्गदर्शन सुझाव दिन्छ।
i. दरहरुको उप-समिति।
ii. प्रकाशनाधिकार तथा वैद्य सामग्रीहरुको उप-समिति
iii. ज्ञानवर्द्धक पाठ्य सामग्रीहरुको उपसमिति
iv. अनुदान सहायताको उप-समिति
 
परियोजना सल्लाहकार समिति (एन.टी.एम – प्याक)
नोडल अधिकारी, निर्देशक, सि.आइ.आइ.एल.
परियोजना निर्देशक
एन.टी.एम का स्वीकृत पद : 65
सहायक कर्मचारी