शब्दकोश

अनुवादको साधनहरुमा उच्च कोटिको शब्दकोश एवं पर्यायवाची कोशहरुको निर्माण गर्नु एन.टी.एम. को पहिलो लक्ष्य हो।

द्विभाषीय कोश एवं ई-शब्दकोशहरुको निर्माण 22 भारतीय भाषाहरुमा भई रहेका छन्। मुहावरे, सामान्य सन्दर्भीत वाक्य संरचना, उदाहरणको वहुतायात, तथा धेरै प्रचलित शब्द र व्याकरणीय प्रयोग यसको विशेषता हो। एन.टी.एम ले विभिन्न भारतीय भाषाहरुमा शब्दकोशहरुको निर्माणको कार्य गरिरहेका छन्। दुई प्रकारमा भईरहेको निर्माण कार्य यसप्रकार छन्-
   a)    1. द्वि-भाषिक बेसिक शब्दकोश
   b)    2. द्वि-भाषिक ई-शब्दकोश

द्वि-भाषिक बेसिक शब्दकोश
केन्द्रिय भारतीय भाषा संस्थान मैसूर अनि यूनाइटेडकिंगडम स्थित लङम्यान पियरसन समूहले संयुक्त रुपमा मई-जून 2006 देखि शब्दकोश निर्माणको कार्य आरम्भ गरेका थिए। यो शब्दकोश अनुवादको साधनको रुपमा प्रयोग गरिन्थ्यो अनि एन.टी.एम. को स्थापना भएपछि सन् 2008 मा यस परियोजनालाई एन.टी.एम. मा सम्मिलित गरियो। यी द्विभाषिक शब्दकोशहरुको ढाँचा विशेषतः ब्रिटिश नेशनल करपस (बिएनसि) माथि आधारित ती प्रचलित ‘बेसिक अङ्ग्रेजी अङ्ग्रेजी शब्दकोश’ – बाट प्रेरित छ जसमा धेरै भन्दा धेरै प्रयोग हुने 14,000 शब्द अनि वाक्यांश हो।

लङम्यान-एन.टि.एम. सि.आइ.आइ.एल. द्वारा वेसिक द्विभाषिक शब्दकोशहरुलाई सूचीवद्ध रूपमा सजाएर लैजाने योजना तयार गरिंदैछ जसमा, बङ्गाली, हिन्दी, कनाडा, मलायलम, उडिया अनि तमिल भाषाका जन्म 6 वटा शब्दकोशहरु प्रकाशित भइसकेका छन्। यसरी नै पंजाबी, गुजराती, मराठी, तेलुगु अनि उर्दू भाषाका शब्दकोशहरु पनि, अझै प्रकाशित गरिनेछ।

पियरसन एडुकेसन (भारत) द्वारा वर्ष 2011-2012 मा प्रकाशित शब्दकोशहरुको सूची:
  1. लङम्यान – सी.आइ.आइ.एल. अङ्ग्रेजी अङ्ग्रेजी हिन्दी शब्दकोश
  2. लङम्यान – सी.आइ.आइ.एल. अङ्ग्रेजी अङ्ग्रेजी बङगाली शब्दकोश
  3. लङम्यान – सी.आइ.आइ.एल. अङ्ग्रेजी अङ्ग्रेजी कनाडा शब्दकोश
  4. लङम्यान – एन.टी.एम.-सी.आइ.आइ.एल. अङ्ग्रेजी अङ्ग्रेजी उडिया शब्दकोश
  5. लङम्यान – एन.टी.एम.-सी.आइ.आइ.एल. अङ्ग्रेजी अङ्ग्रेजी मलायलम शब्दकोश
  6. लङम्यान – एन.टी.एम.-सी.आइ.आइ.एल. अङ्ग्रेजी अङ्ग्रेजी तमिल शब्दकोश
NTM
 

एन.टी.एम. ले भारतको संविधानको आठौं अनुसूचीमा मान्यताप्राप्त 22 भारतीय भाषाहरुको शब्दकोश निर्माण गरेर यस कार्यलाई विस्तार गर्ने कार्य गरिरहेको छ।

द्विभाषीय ई-शब्दकोश

एन.टी.एम. सी.आइ.आइ.एल. ले डोरलिंग किन्डर्सले (भारत) प्राइभेट लिमिटेडसँग आफ्नो परामर्श सेवाको निम्ति सम्झौता गरेको छ अनि पियरसन एडुकेशनको ‘लङम्यान एडभान्स बाइलिङ्ग्वेल फ्रेमवर्क’ को एक्स.एम.एल. डाटासेटको प्रयोगको निम्ति परामर्श लिएको छ। एन.टी.एम. को लागि लङ्भेन यू.के.ले IDM सर्वरमा A-Z सम्मको डाटावेसको जानकारी दिएको छ। LABF डाटासेटको प्रयोग शब्दकोश उत्पादन प्रणाली (DPS) द्वारा हुनेछ, जसको विकास मुख्यतः लङ्म्यानद्वारा गरिएको हो अनि IDM फ्रान्सले यसको बजारीकरण गरेको छ।एन.टी.एम. द्विभाषीय विद्युतीय शब्दकोशमाथि आधारित छ:

  » लङम्यान डिक्सनेरी अफ कन्टेम्पोरेरी इङलिस
  » लङम्यान एडभान्स अमेरिकन डिक्सनेरी
  » लङम्यान डिक्सनेरी अफ इङलिस एण्ट कल्चर
  » लङम्यान विजीनेस डिक्सनेरी लङम्यान
  » डिक्सनेरी अफ इङलिस ल्याङ्वेज
  » इनफरमेसन फर्म द लङम्यान करपस नेटवर्क

थुप्रै महत्वपूर्ण कायर्हरू पुर्ण गर्नका निम्ति पियरसन एडुकेसन र एनटीएम एक अर्काका सम्पर्कमा छन्।