प्रकाशनहरू

अनुवाद प्रक्रियालाई अझ सुव्यवस्थित बनाउन एन.टी.एम ले निश्चित नियमहरू बनाएका छन्। ती हुन; अनुवादको निम्ति पाठ्य पुस्तकहरूको चयन गर्नु। चयनित पाठ्य पुस्तकहरूको निम्ति बौद्धिक सम्पदा अधिकार (आइ.पी.आर) प्राप्त गर्नु, भारतीय भाषाको सम्पादकीय सहायता दलको मार्गदर्शनमा भारतीय भाषामा प्रकाशकहरूसँग सम्पर्क गर्नु र अनुदित पाठ्य पुस्तकहरूको पुनरावलोकन गर्नु। अनुवादको पुनरावलोकन दुई भिन्न चरणमा हुन्छ। प्रारम्भिक मूल्याङ्कन र अनुमोदनको निम्ति अनुवादकले अपेक्षित अनुवादको दश पृष्ठ एन.टी.एम. मा बुझाउनु पर्नेछ। अनुदित पाठको पूर्ण पाण्डुलिपि जमा गरेपछि मात्र यसको अन्तिम मूल्याङ्कन हुन्छ। यस प्रकारको चरणवद्ध मूल्याङ्कन पद्धतिले अनुवादको उत्कृष्टता बनाइ राख्न सहयोग गर्छ।