सन्दर्भ

प्रधान मन्त्रीको वक्तव्य
राष्ट्रीय अनुवाद मिसन (NTM) को विचार मूलरूपमा भारतका प्रधान मन्त्रीद्वारा आएको हो, जसले राष्ट्रीय ज्ञान आयोग (NKC)को पहिलो सभामा के भनेका थिए भने “अनुवादको माध्यमले मूलपाठसम्म पहुँच बनाउनु कसरी महत्त्वपूर्ण हुन्छ भने यसद्वारा विभिन्न क्षेत्रका अल्झिरहेका समस्याहरूको समाधान सरल हुँदै जान्छ।” शिक्षामा मानिस सहभागितालाई प्रोत्साहन गर्नु भनेको ज्ञानको विस्तार दिलाउनु हो अनि लगातार सिक्नु नै यसको सन्दर्भ थियो। श्री सेम पित्रोदाको अध्यक्षतामा आहुत सभामा आयोगले भारतमा शिक्षालाई लिएर अनुवादलाई प्रोत्साहन तथा उन्नत गर्न एउटा अलग संस्था वा मिसन यथाशीघ्र स्थापना गर्नु जरूरी ठान्यो।

सन्दर्भ
जबकि यो एउटा कस्तो सत्य हो भने अनुवाद एउटा सतत् रूपमा चलिरहने प्रक्रिया हो, यस खास क्षेत्रमा एउटा महत्त्वपूर्ण सार्वजनिक भागीदारीको जरूरी मूलरूपमा देशमा अनुवादको गतिविधिमा चढाइ-झराइबाट आउने गर्छ- यहाँ चढाइ-झराइको के तात्पर्य हो भने विषयको साथ-साथै भाषाहरूको गुणवत्ता, प्रचार-प्रसार र पहुँचको विषयमा चढाइ-झराइ हुनु हो। वर्तमानमा देखिएका विभिन्न क्षेत्रहरू जस्तै साहित्य, प्राकृतिक विज्ञान, उपयोगी विज्ञान, समाज विज्ञान, कानून, चिकित्सा, प्रबन्धन, प्रविधि र अरू क्षेत्रमा अनुवादको अप्रत्यक्ष माग छँदै छ।

यसको अतिरिक्त अनुवादको माध्यमबाट जे जानकारी उपलब्ध छन् ती अपर्याप्त र अव्यवस्थित छन्, अनुवादको विस्तार पनि असन्तोषजनक छ किनकि पठनीयताको लक्ष्य विस्तृत र असमन्वित हुन्छ र अनुवादको बजारी पहुँचबारे यदा-कदा नै सर्वेक्षण सुनिश्चत गरिएको छ। केवल उच्च श्रेणीको अनुवाद उचित प्रचार-प्रसारले मात्र एउटा मूलाधार प्रस्तुत गर्न सक्छ र त्यस क्षेत्रमा जारी निजी गतिविधिलाई उचित प्रोत्साहन उपलब्ध गराउन सक्छ। यही नै त्यो सन्दर्भ हो जुन चाहिं मिसनलाई कारवाइको एउटा समुच्चय रूपमा सार्वजनिक भागीदारीको माग गर्ने गर्छ। जुन चाहिं विभिन्न विषयमा उच्च कोटिको अनुवाद उपलब्धतालाई व्यावहारिक बनाउन निजी पहललाई प्रोत्साहनको प्रक्रिया पुरजोर प्रारम्भ गर्न सक्छ। यस खाले समुदायलाई सेवा गर्न शिक्षित बेरोजगार मानिसलाई प्रोत्साहित गर्दै अनुवादको गतिविधिहरूलाई प्रत्य़क्ष र अप्रत्य़क्ष रूपमा रोजगार पनि उत्पन्न गर्न सक्छ, जब तिनीहरूलाई आफ्नो लागि रोजगारपरक कार्य भेटिन्छ।

यही त्यो जागरूकता थियो जसले प्रो.जयती घोषको रेखदेखमा राष्ट्रीय ज्ञान आयोग (NKC) स्थापनाका लागि प्रेरणा दियो जुन चाहिं अनुवादको गतिविधि, प्रकाशन तथा प्रसारणमा संलग्न मानिसहरू र विभिन्न अभिकरणलाई एक साथ ल्याउन सकियोस्। कार्यकारी वर्गसमूहमा उचित सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, अकादमीका प्रतिनिधि, भाषाविज्ञानका विशेषज्ञ, अनुवादक, शिक्षाविद्, प्रकाशक र भारतमा अनुवादको गतिविधिसित जोडिएको अरू समुदाय सामेल छ। यी समूहले फरवरी 2006 को दिल्लीमा सभाको शुरूआत गरे तब प्रो. उदय नारायण सिंहद्वारा यस क्षेत्रको बृहत् रूपरेखा गरियो। 6 मार्च 2006 मा एनटिएम समितिका सदस्य- संयोजक प्रो. जयती घोषले राष्ट्रीय ज्ञान आयोगको सिफारिश र संशोधित प्रस्तावलाई अघि सार्दै उपाध्यक्ष र योजना आयोगलाई लेख्यो। त्यसपछि ती समूहले कैयौंपल्ट भेटघाठ गरे अनि 12-13 एप्रेल 2007 मा भारतीय भाषाहरूको केन्द्रीय संस्थान मैसुरमा व्यापक रूपमा दुई दिने कार्यशाला आयोजन गरियो। 19 एप्रिल 2006 मा योजना आयोगद्वारा संशोधित प्रस्तावमाथि आम सहमति बनाइयो, पाँच प्रश्नहरूको एउटा समूह उपस्थित गराउँदै जबाब दिइयो, जसलाई पत्राङ्क सङ्ख्या पि.11060/4/2005-इडिएनमा हेर्न सकिन्छ, त्यसैले केही विस्तृत अभियुक्तिहरू विभिन्न समाज विज्ञान विशेषज्ञ खासगरी CSDS र अरू संस्था जस्तै ICHR सित भेट गरियो। उनले सबैले कैयौं मुद्दा तेर्साए अनि रचनात्मक सल्लाह प्रस्तुत गरे जस्तै एनटिएमको स्थापना र विकासको सम्भावनाहरू, जसबाट केहीलाई यस परियोजनालाई विस्तृत विवरणमा सामेल गरियो। 21 जुन र तीन जुलाई 2006 को अनुवादमा संलग्न धेरै जसो प्रकाशन भवनबाट सुझाव प्राप्त भयो । पछि 31 अगस्त 2006 का दिन भाषा र किताबहरूलाई प्रोत्साहनका लागि मानव संसाधन विकास मन्त्रालयको कार्यकारी समितिले पनि यस प्रस्तावलाई अनुमोदन गर्योस, योजना आयोगद्वारा 11औं योजनाका लागि दिइएको प्रस्तावहरू हेर्न सकिन्छ । त्यसपछि 1 सेप्टेम्बर 2006 का दिन राष्ट्रीय ज्ञान आयोगका अध्यक्ष श्री सैम पित्रोदाले एनटिएमको मसौदा प्रस्तुत गर्दै लेखे, अनि त्यसपछि मानव संसाधन विकास मन्त्रालयद्वारा विस्तृत प्रस्ताव निर्माण गरियो।