| 
         
         
         
         
                
    
                
                
                
                
                
                
                    
                    
                     
                    
             
              | 
             
        
               
                
                 
         
         
         
         
            
    
        प्रस्तावना
         
         
                    
                         
    
        
        
            
                | 
                    भारतमा अनुवादको बहुरङ्गी इतिहास छँदै छ। प्रारम्भिक अनुवाद हेर्दा कस्तो अनुमान हुन्छ
                    भने संस्कृत, प्राकृत, पाली तथा विकसित हुँदै आएका क्षेत्रीय भाषाहरूको बीच र त्यही
                    भाषाहरूको अनुवाद अरबी र फारसीमा भएका रहेछन्। आठौंदेखि नवौं शताब्दीका बीच भारतीय
                    कथ्य र ज्ञान-मूलक पाठ जस्तै पञ्चतन्त्र, अष्टाङ्गहृदय, अर्थशास्त्र, हितोपदेश, योगसूत्र,
                    रामायण, महाभारत र भगवद्गीताको अनुवाद अरबीमा भएको छ। त्यसबेला भारतीय र फारसी साहित्यका
                    मूल-पाठहरूका बीच व्यापक रूपमा आदान-प्रदान हुने गर्थ्यो। भक्तिकालका अवधिमा संस्कृत
                    मूल-पाठ खासगरी भगवद्गीता र उपनिषद् अरू भारतीय भाषाहरूको सम्पर्कमा आएका थिए जसको
                    परिणामस्वरूप महत्त्वपूर्ण भाषाको मूल-पाठ जस्तै मराठी सन्त कवि ज्ञानेश्वरद्वारा गीताको
                    अनुवाद ज्ञानेश्वरी, तथा विभिन्न महाकाव्यहरूको अनुवाद खासगरी विभिन्न भाषाहरूका सन्त
                    कविद्वारा रामायण र महाभारतको अनुवाद प्रकाशमा आयो। उदाहरण स्वरूप पम्पा, कम्बर, मौला,
                    इजूथाचन, तुलसीदास, प्रेमानन्द, एकनाथ, बलरामदास, माधव कन्दली, र कृत्तिवास आदिका रामायणलाई
                    लिन सकिन्छ।
                 | 
             
         
        
        
            
                | 
                    औपनिवेशिक कालका बेला युरोपीय तथा भारतीय भाषाहरू (खासगरी संस्कृत)को बीच अनुवादका
                    क्षेत्रमा नव-स्फुरण भयो। त्यसबेला यो आदान-प्रदान जर्मन, फ्रेन्च, इटलियन, स्पेनिस
                    तथा भारतीय भाषाहरूका बीचमा थियो। अङ्ग्रेजीको प्राधान्य अस्तित्वका लागि एउटा विशेषाधिकारको
                    भाषा मानिन्थ्यो किनभने औपनिवेशिक अधिकारीहरू यही भाषा प्रयोग गर्थे। अङ्ग्रेजी शासनकालको
                    अनुवाद अङ्ग्रेजीमा त चरमोत्कर्षमा पुगेको थियो जब विलियम जोन्सद्वारा कालिदासको अभिज्ञान
                    शाकुन्तलमलाई अनुवाद गरियो। एउटा पाठका रूपमा शाकुन्तलम अब भारतीय संस्कृतिको प्रतिष्ठाको
                    प्रतीक र भारतीय जागरणमा एउटा उत्कृष्ट पाठको हिस्सा भइसकेको छ। यो त्यही तथ्यको प्रमाण
                    हो भने जसरी यसको अनुवाद दशवटाभन्दा बढी भारतीय भाषाहरूमा गरिसकिएको छ। अनुवादको क्षेत्रमा
                    अङ्ग्रजहरू (औपनिवेशवादी?) को प्रयास प्राच्य विचारधारामा आधारित र नयाँ शासकहरूका
                    लागि बोध उत्पन्न गर्न, परिचय गराउन, श्रेणीबद्ध गराउन र भारतलाई नियन्त्रण गर्दै गरिएको
                    थियो । उनीहरू आफ्नै शैलीको भारतको संस्करण देख्नग चाहन्थे जबकि अङ्ग्रेजीमा मूल पाठहरूको
                    भारतीय अनुवादक उनीहरूको विस्तार, शुद्धिकरण र संशोधन गराउन चाहन्थे। कहिलेकाहीम त
                    उनीहरू वैचारिक मतभेदका आडमा अङ्ग्रेजी विचारधाराहरूको विरोध गर्थे। जसको लडाइ समकालीन
                    पाठहरूका अतिरिक्त प्राचीन पाठहरू लाई लिएर थियो। राजा राममोहन रायद्वारा अनुदित शङ्करको
                    वेदान्त, केन र ईश्वास्य उपनिषद् भारतीय विद्वानहरूको माध्यमद्वार भारतीय मूल-पाठहरूको
                    अङ्ग्रेजी अनुवादको क्षेत्रमा पहिलो भारतीय हस्तक्षेप थियो। यसको अनुशरण गर्दै आर.सी.दत्तद्वारा
                    ऋग्वेद, रामायण, महाभारत र केही शास्त्रीय संस्कृत नाटकहरूको अनुवाद गरियो। यी अनुवादहरूको
                    तात्पर्य सुसुप्त मनोदशायुक्त भारतीयहरूको स्वच्छन्दतावादी र उपयोगितावादी विचारहरूलाई
                    विरोध गर्नु थियो। त्यसपछि अनुवादका क्षेत्रमा जसरी बाढ नै आयो, जसमा प्रमुख अनुवादक
                    थिए दीनबन्धु मित्र, अरबिन्दो र रवीन्द्र नाथ ठाकुर। लगभग यसै कालमा भारतीय भाषाहरूका
                    बीच अनुवाद कार्य सीमित रूपमा श्रीगणेश भयो।
                 | 
             
         
        
        
            
                | 
                    तर साँच्चो चाहिं के हो भने अझै पनि भारतमा अधिकतम शिक्षित मानिस अङ्ग्रेजीको पहुँचदेखि
                    बाहिर छन्, र ती वर्गका वास्तविक भावबोध केवल महत्त्वपूर्ण साहित्य र ज्ञान आधारित
                    पाठ भारतीय भाषाहरूमा अनुवादहरूको माध्यमबाट सम्भव थियो। यहाँ अनुवादको सन्दर्भमा गान्धीजीको
                    विचारलाई हेर्न सकिन्छ “ म अङ्ग्रेजीलाई अन्तर्राष्ट्रीय व्यापार र वाणिज्यका लागि
                    उपयुक्त सोच्दछु र यसकारण के आवश्यक छ भने कसैकसैले यसलाई सिकून्... र (अङ्ग्रेजी भाषामा)
                    दक्षता प्राप्त गर्न म तिनीहरूलाई प्रोत्साहित गर्न चाहन्छु, तिनीहरूबाट स्थानीय बोलीमा
                    अङ्ग्रेजीका सर्वश्रेष्ठ किताबहरूको अनुवाद हुन्छ्न भन्ने आशा गर्छ ”। कहाँसम्म भने
                    उनीहरू के पनि सोच्दथे भने अङ्ग्रेजीलाई शिक्षणको माध्यमका रूपमा स्वीकार गर्नु भारतीय
                    भाषाहरूको उन्नतिमा रोकावट हुन सक्छ ।
                 | 
             
         
        
        
            
                | 
                    कस्तो भने एल.एम. खुबचन्दानीले के इङ्गित गरेका छन् भने पूर्व औपनिवेशिक भारतमा शिक्षण
                    व्यवस्था पाठशाला र मकतबद्वारा चलाइ रहेको थियो, विद्यालयी शिक्षालाई एक खाले प्राथमिक
                    समाजीकरणको सम्भावनाका रूपमा हेरिन्थ्यो। भाषिक दक्षताको यस्तो एउटा श्रृङ्खला बनिन्थ्यो,
                    जुन चाहिं स्थानीय बोलीदेखि लिएर प्रबुद्ध साहित्यका विभिन्न प्रकारका बोधगम्य बोलीका
                    एउटा क्रमलाई विकसित गरिदियो। विविध प्रकारका उपयोगी रूझानका भाषा र लिपि सिक्नेलाई
                    उत्कृष्ट र सरल भाषिक रङ्गपटलद्वारा सुशोभित गरियो। भारतको पारम्परिक भाषायी विविधतादेखि
                    बेचैन औपनिवेशिक अधिकारीहरूले अङ्ग्रेजी र भारतीय भाषाका बीच अन्तर उत्पन्न गरेर भारतीय
                    शिक्षणमा एकात्मक समाधान प्रस्तुत गर्योल। भारतीय शिक्षणमा मैकालेको मसौदा (1835) र
                    उनीहरूको पूर्वहरूको कामले भारतीय भाषाहरूलाई उपेक्षा गरिदियो। उत्तर औपनिवेशिक कालमा
                    शिक्षाको माध्यमका रूपमा मातृभाषा प्रयोगमाथि बढदै आएको प्रभुत्वको प्रमाण भेटिन्छ।
                    अनि युनेस्को (UNESCO)ले के सिफारिश गरेको छ भने मनोवैज्ञानिक, सामाजिक, शैक्षणिक तबरमा
                    एउटा बच्चा निजी मातृभाषाको सहयोगमा राम्ररी र चाँढै सिक्ने गर्छ, जसलाई कैयौं भाषा
                    योजना प्राधिकरणद्वारा स्वीकार गरिएको छ।
                 | 
             
         
        
        
            
                | 
                    त्यसैले, समाजमा प्रस्तुत गरिएको विभिन्न भाषाहरूका लागि हाम्रो समाज र विद्यालय दुवैमा
                    हामीले वातावरण तयार गर्नु जरूरी हुन्छ। यो तब मात्र सम्भव हुन्छ जब शिक्षकहरूका साथ-साथै
                    विद्यार्थीहरूलाई पनि साहित्यिक र ज्ञान-आधारित मूल-पाठका अनुवाद अधिकाधिक मात्रा उपलब्ध
                    हुन्छ्न्। अनि उर्ध्व रूपमा पश्चिमका नाम दाता भाषाहरूबाट ज्ञान आधारित मूल-पाठलाई
                    लानुभन्दा समानान्तर रूपमा यसखाले मूल पाठका मूल अनुवाद एउटा भारतीय भाषाबाट अरू भारतीय
                    भाषाहरूमा पनि महत्त्वपूर्ण हुन्छ(सिंह 1990) ।
                 | 
             
         
        
        
            
                | 
                    हाम्रो के अटुट विश्वास छ भने यी जानकारी भारतमा आम स्त्री-पुरूषहरूलाई पनि उपलब्ध
                    हुनुपर्छ, जो चाहिं निजी मातृभाषाको सहारामा सर्वोच्च जानकारी प्राप्त गर्ने अभिलाषी
                    हुन्। यही नै त्यो मूलाधार हो जसद्वारा राष्ट्रीय अनुवाद मिसनको परिकल्पना अस्तित्वमा
                    आएको हो।
                 | 
             
         
     
                
                
            
                     
                        
                    
                    
    
        
            
                
                     
                
                     
             | 
         
     
                    
                    
                     | 
                     
                     
                    
                 
                
                |