| 
         
         
         
         
                
    
                
                
                
                
                
                
                    
                    
                     
                    
             
              | 
             
        
               
                
                 
         
         
         
         
            
    
        जारी पहल
         
         
                    
                         
    
        
        
            
                | 
                    मार्गदर्शक परियोजना: ‘अनुकृति’
                 | 
             
            
                
                    योजना आयोगद्वारा अनुवादका क्षेत्रमा अघिबाटै एक जना महत्त्वपूर्ण परियोजनाको स्वीकृति
                    भेटिसकिएको थियो जुन चाहिं ‘अनुकृति’ शीर्षकको नाममा केन्द्रीय भाषा संस्थान मैसुरद्वारा
                    सञ्चालित छन्। अनुवाद वेबसाइट को शीर्षक ‘अनुकृति: ट्रान्सलेटिङ्ग इन्डिया’ को रूपरेखा
                    कसरी तयार गरिएको थियो भने यसद्वारा सबै भारतीय भाषाहरूमा सूचना तथा अनुवाद उद्योगका
                    रूपमा कार्य गर्न सकियोस्। सम्पूर्ण भारतीय भाषाहरूको उन्नति हेतु यस खाले वेबसाइट
                    निर्माणको कल्पना तीन वटा संस्थाद्वारा सम्मिलित रूपले गरियो—केन्द्रीय भारतीय भाषा
                    संस्थान (मानव संसाधन विकास मन्त्रालय) मैसुर, साहित्य अकादमी, नयाँ दिल्ली तथा नेसनल
                    बुक ट्रस्ट
                     
                     
                 | 
             
         
        
            
                
                    दशौं योजना कालावधिको बेलामा यस परियोजनाले कुल 59.64 लाख स्वीकृति भेट्यो। अनुकृति
                    परियोजनाअन्तर्गत नियोजित कार्यक्रमअनुसार, निम्न उपलब्धिहरू हासिल गरिएको छ-
                     
                     
                 | 
             
         
        
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    अनुवादको क्षेत्रमा एउटा सुविधाजनक वेबसाइट,www.anukriti.net, को प्रस्तुति जसका सबै
                    प्रलेखलाई प्रतिवर्ष प्रलेखित तथा अद्यतन गरिरहिएको छ
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    ‘ट्रान्सलेसन टुडे’ नामक एउटा अनलाइन अनुवाद जर्नलको तीन वर्षका अङ्क ल्याइएको छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    अनुवाद डेटाबेस र अनुवादकका राष्ट्रीय पन्जी लगातार अद्यतन गरिरहिएको छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    मसिनद्वारा अङ्ग्रेजी-कन्नड अनुवाद पेकेजमाथि केही प्रारम्भिक आधार कार्य भएका छन्।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    मुख्य प्रकाशन भवनबाट प्राप्त अनुवादका प्रकाशनको सूची साइटमा दिइरहिएको छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    अनुवादमाथि विभिन्न पाठ्यक्रमका विवरण जुन देश र विदेशमा उपलब्ध छन् यस वेबसाइटमा उपलब्ध
                    गराइएको छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    व्यावसायिक अनुवाद अभिकरणबाट सम्पर्क स्थापित गरिएको छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    अनलाइन अनुवादकलाई सुविधा उपलब्ध गराउन अनुवादका विभिन्न सफ्टवेयर खरीदारीका लागि अनलाइन
                    सम्पर्क उपलब्ध गरिएको छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    अनुवाद अध्ययनसित सम्बन्धित शब्दावलीको एउटा शब्दकोश र एउटा ग्रन्थसूची लगभग बनिसक्न
                    लागेको छ।
                     
                     
                 | 
             
         
        
            
                | 
                    राष्ट्रीय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद्-द्वारा
                        गरिएका कार्य
                 | 
             
            
                
                    एनसिइआरटीले बाह्रौ कक्षासम्मको आफ्नो सम्पूर्ण किताबहरूलाई उर्दू र हिन्दीमा अनुवाद
                    गरेको छ। यस्तो पहिलोपल्ट के भएको छ भने आठौं अनुसूचीका सम्पूर्ण 22 वटा भाषाहरूमा
                    अनुवाद गर्नका लागि राष्ट्रीय/ शैक्षिक पाठ्यक्रमको ढाँचा तयार भएको छ। एनटिएम अनुसूचित
                    सम्पूर्ण भारतीय भाषाहरूमा ती किताबहरूको अनुवादका लागि सहायक सिद्ध हुन सक्छ।
                     
                     
                 | 
             
            
                | 
                    भारतमा अनुवादको प्रकाशन
                 | 
             
            
                
                    1954 मा स्थापित गरिएको साहित्य अकादमी र 1957 मा स्थापित गरिएको एनबिटि, भारतमा भाषाहरू,
                    क्षेत्रहरू र समुदायका बीच सेतु बनाउनका लागि अनुवाद प्रकाशनका लागि निजी मिसनको एउटा
                    भागका रूपमा पहिलो उत्तरदायी सार्वजनिक क्षेत्र थियो। 
                     
                    साहित्य अकादमी आफ्नो सुरुवातबाटै क्षेत्रीय भाषाहरू र अङ्ग्रेजीबाट अरू क्षेत्रीय
                    भाषाहरूमा र अरू क्षेत्रीय भाषाहरूबाट अङ्ग्रेजीमा पनि साहित्यिक पाठहरू अनुवाद प्रकाशनार्थ
                    लगातार काम गरिरहेको छ। यसले त 24 वटा भाषाहरूमा लगभग 7,000 वटा पुस्तक प्रकाशित गरिसकेको
                    छ। वास्तवमा यी अनुवाद अकादमीको माध्यमले चिह्नित गरिएको भाषाहरूबाट मात्र गरिएको छन्;
                    तर एउटा विशेष जनजातीय भाषा परियोजनाद्वारा जुन चाहिं पहिला बडौदामा थियो अनि अहिले
                    शिलाङ्गमा छ, यसले जनजातीय भाषा र बोलीहरू जस्तै गढवाली, पनिली, कुई, गारो, गम्मित,
                    मिजो, लेप्चा, पहाड़ी, मुण्डारी, गोन्डी इत्यादिबाट अनुवाद प्रकाशित गर्न सुरु गरेको
                    छ। यसको वास्तविक योगदान चाहिं भाषाहरूका बीच अनुवादका क्षेत्रमा छ।
                     
                     
                    एनबिटिले एउटा पत्रिकाको श्रृंखला ‘आदान-प्रदान’ प्रकाशन गर्ने गर्छ जसले चाहि आठौं
                    अनुसूचीका विभिन्न भाषाहरूबाट उच्चकोटिका तत्कालीन रचना चयन गर्छ, अनि त्यसको अनुवाद
                    अङ्ग्रेजी र अरू भारतीय भाषाहरूमा गर्ने गर्छ। तर यस ट्रस्टको गतिविधि केवल साहित्यसम्म
                    मात्र सीमित छैन; अपितु यसले अन्यान्य जीवन पद्धतिका महत्त्वपूर्ण व्यक्तित्वको जीवनवृतका
                    अङ्कका अतिरिक्त लोकाधिकार, स्वास्थ्य, पर्यावरण, कला, वास्तुकला, राजनीतिविज्ञान,
                    इतिहास इत्यादिमाथि पनि ज्ञान-पाठको प्रकाशन गर्छ।
                     
                     
                    अस्सीको दशकपछि भारतीय अर्थव्यवस्थाको सुदृढ़िकरण अन्तर्राष्ट्रीय प्रकाशन भवनका ध्यानलाई
                    आकृष्ट गर्योश जसले भारतमा प्रकाशनको काम सुरु गरिसकेको थियो, तर अहिले पनि भारतमा
                    शैक्षिक प्रकाशनका लगभग 80 प्रतिशत भाग अङ्ग्रेजी भाषामा हुने गर्छ। यो उद्योग अधिकभन्दा
                    अधिक व्यावसायिक हुँदै जाँदै छ, अझ अधिकतर ध्यान बजारमा केन्द्रित छ। जबकि पियर्सन
                    एडुकेसन, रेन्डम हाउस, सेज, मैग्राहिल इत्यादि जस्ता प्रकाशकले शिक्षा जगतमा व्यापक
                    दृष्टिकोणले हेर्छन्, अनि अरियन्ट लन्गमेन (दिशा सिरिज), म्याकमिलान (आधुनिक उपन्यासका
                    अङ्ग्रेजी अनुवादको श्रृंखला), पेङ्ग्विन इन्डिया, अक्सफोर्ड युनिभार्सिटी प्रेस, रूपा
                    & कं., हार्पर-कालिन्स इत्यादि जस्ता प्रकाशन भवनले अनुवादलाई प्रमुखता दिन सुरु गरेको
                    छ। अन्य तथ्य विभिन्न प्रकाशन भवन अस्तित्वमा आउनु छ, जुन चाहिं अधिकतर ‘कथा’ जसरी
                    अनुवादका लागि समर्पित छ। स्त्री, जुब़ान, रोली, र वोमेन अनलिमिटेड इत्यादि जस्ता ससाना
                    प्रकाशन भवन पनि अनुवादमा रूचि राख्दै छन्।
                     
                     
                    यद्यपि अङ्ग्रेजीमा साहित्यिक अनुवादको छवि कुनै हदसम्म उज्ज्वल छ तर जब हामी (i) अरू
                    प्रकारका किताबहरूको अनुवाद अङ्ग्रेजी मा, (ii) भारतीय भाषाहरूमा अङ्ग्रेजी र अरू भारतीय
                    भाषाहरूको अनुवाद हेर्यौंर भने त्यति उत्साहवर्द्धक देखिँदैन। (iii) भारतीय भाषाहरूका
                    बीच पनि अनुवाद असन्तुलित छ, उदाहरणका रूपमा, जबकि 260 वटा बाङ्ला पुस्तक मलयालममा
                    उपलब्ध छन् तर केवल 12 वटा किताबहरूको अनुवाद मलयालमबाट बङ्ला भएका रहेछन्। भाषाहरू
                    आफ्नो मुक्त र सङ्कुचित प्रकृतिका अतिरिक्त यस असन्तुलनको एउटा कारण केही भाषाहरूबाट
                    अन्य भाषाहरूमा अनुवाद गर्नेहरूको अनुपलब्धता हो। जबकि अधिकतर भाषाहरूका विशेषज्ञ उपलब्ध
                    छन् जसले अङ्ग्रेजीबाट कुनै आधुनिक भारतीय भाषा र हिन्दीमा अनुवाद गर्न सक्छन्, खासगरी
                    भारतीय भाषाहरूबीच अनुवाद गराइ छैनको बराबर छ, उदाहरणका रूपमा तमिल र मराठीका बीच,
                    मलयालम र गुजरातीका बीच इत्यादि।
                     
                     
                 | 
             
            
                | 
                    पाठ्यक्रम
                 | 
             
            
                
                    वर्तमानसम्म कतिवटा विश्वविद्यालद्वारा अनुवाद पाठ्यक्रम औपचारिक रूपले प्रस्तावित
                    छन्। यस वर्तमानमा निम्न पाठ्यक्रम उपलब्ध छन्:
                     
                 | 
             
         
        
            
                | 
                    1.
                 | 
                
                    अन्नामलाई विश्वविद्यालयः
                 | 
                
                     
                 | 
             
            
                | 
                     
                 | 
                
                    (i)
                 | 
                
                    अनुवाद अध्ययनमा पि.जी.डिप्लोमा
                 | 
             
            
                | 
                     
                 | 
                
                    (ii)
                 | 
                
                    अनुवाद तथा व्यावहारिक भाषाविज्ञानमा एम.ए. को पाठ्यक्रम
                 | 
             
            
                | 
                     
                 | 
                
                    (iii)
                 | 
                
                    अनुवाद अध्ययनमा एम.ए. पाठ्यक्रम
                 | 
             
            
                | 
                     
                 | 
                
                    (iv)
                 | 
                
                    भाषाविज्ञानमा पिएच-डी.(अनुवादसहित)
                 | 
             
            
                | 
                     
                 | 
                
                    (v)
                 | 
                
                    अनुवाद अध्ययनमा एम.फिलको उपाधि
                 | 
             
            
                | 
                    2.
                 | 
                
                    आगरा विश्वविद्यालय, के.एम. संस्थानः अनुवादमा डिप्लोमा पाठ्यक्रम
                 | 
             
            
                | 
                    3.
                 | 
                
                    हिमाचल प्रदेश विश्वविद्यालयः अनुवाद अध्ययनमा एम.फिल.
                 | 
             
            
                | 
                    4.
                 | 
                
                    पण्डित रविशंकर शुक्ल विश्वविद्यालयः अनुवादमा सर्टिफिकेट पाठ्यक्रम
                 | 
             
            
                | 
                    5.
                 | 
                
                    स्वामी रामानन्द तीर्थ मराठवाडा विश्वविद्यालयः अनुवादमा सर्टिफिकेट पाठ्यक्रम
                 | 
             
            
                | 
                    6.
                 | 
                
                    पुणे विश्वविद्यालय पुणेः अनुवादमा सर्टिफिकेट र डिप्लोमा पाठ्यक्रम
                 | 
             
            
                | 
                    7.
                 | 
                
                    हैदराबाद विश्वविद्यालय, हैदराबाद (दूरस्थ शिक्षा केन्द्र) अनुवाद अध्ययनमा पोस्ट-ग्रेजुएट
                    डिप्लोमा (पिजिडिटिएस)
                 | 
             
            
                | 
                    8.
                 | 
                
                    हैदराबाद विश्वविद्यालय, हैदराबाद (हिन्दी विभाग)
                 | 
             
            
                | 
                     
                 | 
                
                    (i)
                 | 
                
                    अनुवादमा डिप्लोमा
                 | 
             
            
                | 
                     
                 | 
                
                    (ii)
                 | 
                
                    व्यावसायिक अनुवादमा उच्च डिप्लोमा
                 | 
             
            
                | 
                     
                 | 
                
                    (iii)
                 | 
                
                    अनुवाद अध्ययनमा पोस्ट-ग्रेजुएट डिप्लोमा
                 | 
             
            
                | 
                    9.
                 | 
                
                    हैदराबाद विश्वविद्यालय, हैदराबाद (सिएएलटिएस) अनुवाद अध्ययनमा एम.फिल तथा पिएच-डी.
                 | 
             
            
                | 
                    10.
                 | 
                
                    सिआइइएफएल (अब टिइएफएलयू), हैदराबाद) (अनुवाद अध्ययन केन्द्र) अनुवाद अध्ययनमा एम.फिल
                    तथा पिएच-डी.
                 | 
             
            
                | 
                    11.
                 | 
                
                    केरल विश्वविद्यालयः अनुवादमा पोस्ट ग्रेजुएट उपाधि
                 | 
             
            
                | 
                    12.
                 | 
                
                    मदुरई कामराज विश्वविद्यालयः अनुवादमा पोस्ट ग्रेजुएट पाठ्यक्रम
                 | 
             
            
                | 
                    13.
                 | 
                
                    तमिल विश्वविद्यालय, तन्जावुरः अनुवादमा डिप्लोमा पाठ्यक्रम
                 | 
             
            
                | 
                    14.
                 | 
                
                    विश्व-भारतीः क्रियात्मक हिन्दीमा एम.ए.(अनुवाद)
                 | 
             
         
        
            
                
                    उपरोक्तको अतिरिक्त विभिन्न विश्वविद्यालयमा धेरै नै तुलनात्मक साहित्य विभाग छन् (उदाहरणस्वरूप,
                    कलकत्तामा यादवपुर विश्वविद्यालय र वीर नारमाड दक्षिणी गुजरात विश्वविद्यालय, सूरत)
                    जसले चाहिं अनुवाद अध्ययनका क्षेत्रमा पनि पाठ्यक्रम उपलब्ध गराउँछन्। यी तिनैवटा निजी
                    संस्थान हुन् जसले निम्नलिखित प्रकारका पाठ्यक्रम उपलब्ध गराउँछन्: अनुवादमा डिप्लोमा,
                    अनुवाद अध्ययन संस्था (पञ्जीकृत), बङगलौर। यसखाले धेरै पाठ्यक्रम छन् जुन अहिले उपलब्ध
                    छन्।
                     
                     
                 | 
             
            
                | 
                    भारतीय भाषाहरूका भाषावैज्ञानिक
                        डेटा कनसोर्सियाम (एलडिसिआइएल)
                 | 
             
            
                | 
                    भारतीय भाषाहरूसित सम्बन्धित भाषावैज्ञानिक किताबहरूको सङ्ग्रह (कर्पास) अनि भाषाको
                    प्राद्यौगिकीका क्षेत्रमा अनुसन्धित्सु र प्रोत्साहनकर्ताहरूलाई सहयोग प्रदान गर्न
                    एलडिसिआइएलको स्थापना गरिएको थियो। भाषाको प्राद्यौगिकीय क्षेत्रमा अनुसन्धान र विकासका
                    सन्दर्भमा भाषाको डेटा सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। एलडिसिआइएल हिन्दी र अरू भाषाहरूमा
                    मसिनबाट पढ़िने भाषाहरूको डेटा विकसित गर्न आवश्यकतामा जोर दिँदै छ । भाषावैज्ञानिक
                    डेटाको मात्रा सङ्कलन, प्रक्रिया र व्याख्यासित जोडिएका मुद्दा, भाषाविज्ञान, साङ्ख्यिकी,
                    अभियन्त्रण, इत्यादि जस्ता विभिन्न विषयलाई सम्मिलित गर्नु उचित बना बनाउँछ ।
                 | 
             
         
        
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    यी सबैका अतिरिक्त भारतीय भाषाहरूको भाषावैज्ञानिक डेटा कनसोर्सियाम (एलडिसि-आइएल)
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    पाठ्य, बोली, र शाब्दिक करपोराका रूपमा सम्पूर्ण भारतीय भाषाहरूमा भाषयिक संसाधनको
                    एउटाक सञ्चित भण्डारको निर्माण गर्नेछ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    विभिन्न सङ्गठनद्वारा यसखाले डेटाबेस उत्पादनार्थ सुविधा उपलब्ध गराउनेछ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    विभिन्न प्रकारका अनुसन्धान र विकासको गतिविधिका लागि भाषयिक करपोराको डेटा सङ्कलन
                    र भण्डारण हेतु मानक तय गर्नेछ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    डेटा सङ्कलन र प्रबन्धनका लागि उपकरणको विकास र सामेल गराइमा मदद गर्छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    तकनीकिका साथ-साथ प्रक्रियासित सम्बन्धित मुद्दामाथि अध्ययन गोष्ठी (सेमिनार), कार्यशाला
                    इत्यादिद्वारा प्रशिक्षण उपलब्ध गराउने छ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    एलडिसि-आइएलले वेब-साइट बनाउनेछ अनि त्यसको सञ्चालन गर्छ जुन चाहिं एलडिसि-आइएलको संसाधनसम्मको
                    पहुँचका लागि वास्तविक मार्ग हुनेछ।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    आम प्रयोगका लागि उपयुक्त भाषयिक प्राद्यौगिकीको निर्माणमा आरेख वा सहयोग उपलब्ध गराउने
                    छ।
                 | 
             
            
                | 
                     
                 | 
             
            
                | 
                    शैक्षिक संस्थानहरू, व्यक्तिगत अनुसन्धित्सु र जनमानसका बीच आवश्यक कडी उपलब्ध गराउने
                    छ। यी सम्पूर्ण गतिविधिहरू जसले मसिनी अनुवादमा कार्यलाई सरल बनाउने छ, एनटिएमका लागि
                    प्रत्यक्ष रूपले नै धेरै लाभदायक हुनेछ।
                 | 
             
         
        
        
            
                | 
                    सि-डेक र टिडिआइएलद्वारा गरिएको कार्य
                 | 
             
            
                | 
                    सन्देहवादी (स्केपटिक्स) जो मसिनी अनुवादको प्रणालीलाई कार्क्षमतामाथि सन्देह गर्ने
                    गर्छ, प्रसन्नताको के विषय छ भने दुनियाभरिमा विभिन्न मसिनी अनुवाद प्रणाली उपयोगमा
                    छन्। उदाहरणका रूपमा ख्यातिप्राप्त “सिस्ट्रेन” (अल्टाविस्टा खोज इन्जनद्वारा प्रयोग
                    गरियो) अनि एमइटिइओ (METEO) (कनाडाइ मौसम विज्ञान केन्द्रमा प्रयोग गरियो, जो 1977
                    देखि मौसमको जानकारीसित सम्बन्धित 45,000 भन्दा अधिक शब्दको अनुवाद गर्छ। भारतमा मसिनी
                    अनुवाद आन्दोलनको सुरुवात सि-डेकद्वारा भएको थियो, जब तीद्वारा एनएलपी (प्राकृतिक भाषा
                    प्रक्रिया) माथि काम करना गरियो, अनि ट्याग-आधारित विश्लेषकको विकास गरियो जसले चाहिं
                    हिन्दी संस्कृत, गुजराती, अङ्ग्रेजी र जर्मन भाषाका वाक्यलाई विश्लेषण गर्न सक्छ। जब
                    यस प्राद्यौगिकीको विकास गर्दै थियो तो कम्पनी प्रायोगिक कार्यान्वयनलाई पनि हेर्दै
                    थियो, अनि त्यसका बारेमा विभिन्न अभिकरणलाई सल्लाह दिए। मसिनी अनुवादको अप्रत्याशित
                    कार्यक्षमतालाई महसूस गर्दै भारत सरकारको कार्यालयी भाषा विभागले यसखाले परियोजनालाई
                    तत्परताले कोष दिन सुरु गर्योई। सूचना एवम् सञ्चार प्रद्यौगिकी मन्त्रालयले विशिष्ट
                    क्षेत्रको अनुवाद प्रणाली विकासका लागि निम्नलिखित क्षेत्रहरूलाई चिह्नित गरियो:
                 | 
             
         
        
        
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    सरकारी प्रशासनिक प्रक्रिया र प्रारूप;
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    संसदीय प्रश्न एवम् उत्तर। औषधिय सूचनाहरू।
                 | 
             
            
                | 
                     
                 | 
                
                    »
                 | 
                
                    कानूनी शब्दावली र निर्णय
                 | 
             
         
        
        
            
                
                    अरू बीच मसिनी अनुवादलाई सम्मिलित गर्दै भारतीय भाषाहरूमा सूचना प्रक्रियाका क्षेत्रमा
                    अनुसन्धान र विकास प्रयासलाई प्रोत्साहित गर्न र कोष दिन 1990- 91 मा मन्त्रालयले भारतीय
                    भाषाको विकास का लागि प्राद्यौगिकीको पनि प्रारम्भ गर्योा । यस घडीमा 22 वटा विभिन्न
                    कार्यालयी भाषाहरूको अनुवाद एउटा ठुलो चुनौती बनेको छ। जस्तै अङ्ग्रेजी र हिन्दी भाषाहरूमा
                    महत्त्वपूर्ण योग छ, र सरकारी कार्यालयमा बृहत स्तरमा पत्राचारका लागि प्रयुक्त छ,
                    यस योगलाई मसिनी अनुवादका लागि बहुत महत्त्वपूर्ण क्षेत्रका रूपमा चिह्नित गरिएको छ।
                     
                     
                    यसै आधारमा अनुसन्धानका दुई विशेष क्षेत्रः भारतीय भाषाहरूका बीच अनुवादका लागि मसिनी
                    अनुवाद प्रणाली र हिन्दी र अङ्ग्रेजीका बीच अनुवादका लागि मसिनी अनुवाद प्रणालीलाई
                    चिह्नित गरिएको छ। फिलहाल सि-डेक, पुणे, एनसिएसटी, (वा जसलाई अबउसो सि-डेक मुम्बईका
                    नामले चिनिने छ), आइआइटी, हैदराबाद, र आइआइटी, कानपुरका नामले देश भरिमा तीन वटा संस्थान
                    यस आधुनिकतम प्राद्यौगिकी उपयोग गरेरे उपयोगिताको विकासमा दक्षता प्राप्त गरिसकेको
                    छ।
                     
                     
                    इलेक्ट्रनिक विभाग (डिओई), सि-डेकको ज्ञान आधारित कम्प्युटर प्रणाली परियोजनाद्वारा
                    VYAKARTA निर्माण गरियो जसले अङ्ग्रेजी, हिन्दी, गुजराती, र संस्कृतका वाक्य विश्लेषण
                    गर्न सक्छ। MANTRA अङ्ग्रेजीबाट कार्यालयी भाषाका वाक्य अनुवादका लागि मसिनको सहयोगले
                    एउटा अनुवाद उपकरण निर्माण गर्न तीबाट यसै विश्लेषकको प्रयोग गरेको छ। त्यसबाट कार्यालयी
                    भाषा विभागलाई देखाइयो, जसले प्रशासनिक उद्देश्य हेतु ‘अङ्ग्रेजीबाट हिन्दीमा कम्प्युटर
                    सहाय्य अनुवाद प्रणाली’ नामक परियोजनालाई वित्तीय सहयोग प्रदान गरेको छ। यस परियोजनाको
                    उद्देश्य कर्मचारीको प्रशासनका लागि कम्प्युटर सहाय्य अनुवाद प्रणालीको आरेखन, विकास,
                    र प्रयोग गर्नुथियो। अबउसो यस प्रणाली पत्र र नियमावली जस्तै- नियुक्ति-पत्र, स्थानान्तरण-पत्रलाई
                    अनूदित गराइमा सक्षम छ, अनि मानक शब्द प्रक्रिया तथा डिटिपी पेकेजको इनपुट लिन पनि
                    सक्षम छ।
                     
                     
                    उपरोक्त निर्दिष्ट क्षेत्रहरूमा अङ्ग्रेजीबाट हिन्दी अनुवादको सफल पूर्णतापछि सि-डेक
                    अब त्यसलाई अरू क्षेत्रहरूमा विस्तारित गर्न सोच्दै छ, अनि बहुभाषीय अनुवादका लागि
                    विकसित तकनीकिको प्रयोग गर्दै छ। यो क्षमता उसमा कुनै पनि दुई भाषाहरू बीच मसिनी अनुवादलाई
                    उपयुक्त बनाउने लायक बनाउँछ।
                     
                     
                    मसिनी अनुवादका क्षेत्रमा संलग्न अर्को सङ्गठन मुम्बईमा स्थापित एनसिएसटी छ, जसलाई
                    सि-डेक मुम्बईका नामले चिनिन्थ्यो । भारतमा एनसिएसटी मसिनी अनुवादमाथि काम गर्ने देशको
                    पहिलो संस्थान थियो। 80 को दशकको अन्तमा लिपिको सादृश्य प्रयोग गरेर पिटिआइको विशेष
                    प्रकार समाचार सारांशको अनुवाद गर्न ‘स्क्रिन टक’ प्रारम्भिक नमूना हामीले विकसित गर्यौंट।
                    यस बेला उसले MaTra नामक अर्को सफ्टवेयर विकसित गर्यों जसले हिन्दीबाट सुरुवात गर्दै
                    भारतीय भाषाहरू र अङ्ग्रेजीका बीच अनुवाद आम उद्देश्य पूरा गर्नु एउटा उदारण थियो।
                    MaTra लाई दुई प्रकारले प्रयोग गर्न सकिन्छ: स्वचालित स्वरूपमा यस प्रणालीले धेरै रमाइला
                    अनुवाद उपलब्ध गराउँछ जसलाई पछि उपयोगकर्ताद्वारा सम्पादित गर्न सकिन्छ। हस्तचालित
                    स्वरूपमा उपयोगकर्ता स्वानुभूतिक GUI प्रयोग गर्दै प्रणालीले उपयुक्त अनुवादतिर त्यसलाई
                    समर्थित गर्छ।
                     
                     
                    यो हैरतअंगेज प्राद्यौगिकीलाई विकसित गराइमा आइआइटी मुम्बई र आइआइटी कानपुरले ‘अनुसारका’,
                    ‘आङ्ग्लभारती’ र ‘अनुभारती’ इत्यादि जस्ता परियोजनाको आडमा नेतृत्व भेटेको छ। हालैमा
                    आइआइटी मुम्बईमा भाषाको वैश्विक नेटवर्किङको सहाराले यस मुद्दाको आधुनिक उद्देश्यलाई
                    अनुसरण गरिँदै छ। कस्तो सोचिँदै छ भने आङ्ग्लभारती मसिनी अनुवादको क्षेत्रमा एउटा क्रान्तिकारी
                    प्रणाली हो। लोक स्वास्थय अभियानको विशेष क्षेत्रमा अङ्ग्रेजीबाट हिन्दी बीच अनुवाद
                    गर्न यो एउटा प्रणाली मसिन समर्थित अनुवाद प्रणाली हो।
                     
                     
                    जबकि सम्पूर्ण वर्तमानका परियोजनाहरू आफ्ना सम्पूर्ण उर्जा अङ्ग्रेजीबाट हिन्दीमा मसिनी
                    अनुवादमा केन्द्रित गर्दै छ, जसद्वारा अन्य भाषाहरूसम्म विस्तारित गर्नु एउटा चुनौती
                    हो। ‘अनुसार’का परियोजना जुन चाहिं आइआइटी हैदराबाद र CALTS, हैदराबाद विश्वविद्यालयद्वारा
                    संयुक्त रूपले विकसित गरिएको थियो, त्यो त अभिनव थियो, अनि जुन चाहिं अर्को एउटा भारतीय
                    भाषाबाट अन्य भारतीय भाषामा पाठ्यलाई रूपान्तरित गर्नमा सक्षम हुन्छ। जो परिणाम यह
                    उपलब्ध कराता है उसे पढने वाला समझ तो सकता है, लेकिन हू-ब-हू व्याकरणिक नहीं होता
                    है। उदाहरणस्वरूप बङ्गला से हिन्दी अनुसारका किसी बाङ्गला पाठ को स्वीकार कर सकता है
                    और हिन्दी में परिणाम उपलब्ध करा सकता है, जिसे उपयोगकर्ता समझ तो सकता है परन्तु व्याकरणिक
                    आधार पर सही नहीं हो सकता है। इसी तरह से किसी पनि भाषा के किसी साइट को उपयोग गर्ने
                    जो उस भाषा से परिचित नहीं है अनुसारका को सञ्चालित कर सकता है और पाठ को पढ सकता है।
                    अनुसारका तेलुगु, कन्नड, बाङ्गला, मराठी और पंजाबी से हिन्दी में विकसित किया गया है।
                    इस तरह के विकसित प्रणाली को मुक्त स्रोत सफ्टवेयर के रूपमा उपलब्ध कराया जाएगा। आइआइटी
                    हैदराबाद ‘शक्ति’ नाम का एक और दूसरा अनुवाद सहाय्य प्रणाली विकसित कर चुका है।
                     
                     
                    ध्यान दिनु पर्ने खास कुरा के छ भने अहिलेसम्म अनुसन्धित्सु र विश्वविद्यालय/आइआइटी
                    दुवैद्वारा धेरै क्षेत्रलाई सम्मिलित गर्न बाँकी नै छ अनि सफ्टवेयर उद्योग यस क्षेत्रमा
                    गम्भीरताले संलग्न छ जसलाई एनटिएमको मदद आवश्यकता छ।
                 | 
             
         
     
                
                
            
                     
                        
                    
                    
    
                    
                    
                     | 
                     
                     
                    
                 
                
                |